‘सेलपे’ बाट भुक्तानी गर्दा १० थान मास्क निःशुल्क पाईने

‘सेलपे’ बाट भुक्तानी गर्दा १० थान मास्क निःशुल्क पाईने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म ‘सस्तो डेल’ सँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत Sastodeal बाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निःशुल्क पाउनेछन् ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी Sastodeal ले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ ।

यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाइरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि Sastodeal बाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

साथै कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निःशुल्क उपलब्ध गराउने छ । जस्को लागि सेलपेको ग्राहकहरुले Sastodeal बाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्पमार्फत क्युआर स्क्यान गरी भुक्तानी गरेमा १० थान मास्क निःशुल्क पाउनेछन् ।
‘सेलपे’ सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

Skip This
Skip This
Logo