काठमाडौं ।
उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारले चीनसँग स्वास्थ्य सामाग्री खरिद गर्दा आर्थिक चलखेलमा मन्त्री पोखरेलको संलग्नता भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इमेलमार्फत उजुरी दिएका हुन् ।
त्यस्तै बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध पनि अख्तियारमा उजुरी परेको थियो । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेश सभा सदस्य रमेश पौड्यालले स्वास्थ्य मन्त्री ढकालविरुद्ध उजुरी दिएका थिए ।
बजार मूल्य भन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै व्यापक विरोध भएसँगै सरकारले ओम्नी समूहसँगको सझौता रद्द गरिसकेको छ ।































प्रतिक्रिया