काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।
बैंकले केन्द्रको कोषमा एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा पाँच÷पाँच लाख गरी जम्मा एक करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् ।





























प्रतिक्रिया