अभिनेता निखिल उप्रेतीले मानवजातिकै गल्तीका कारण कोरना बनेको बताएका छन् । उनले एक भिडियो सन्देश सार्वजनिक गर्दै मानव जातीले बिकासको क्रममा गरेको गल्ती अहिले कोरोना बनेर आएको बताएका हुन् ।
लकडाउनले सबैलाई घरमा नजरबन्द गरेको बताउदै उनले अहिले घर पनि खोर जस्तो भएको बताएका छन् । निखिलले लकडाउनमा पनि बेलुका ५ बजेपछि घरबाहिर धेरै मानिस देखिएकोले त्यसलाई राजनीतिक प्रभाव भएको बताएका छन् । त्यस्तै उनले कोरोनाको संक्रमणबाट देशलाई जोगाउन सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालन गरेर घरभित्रै बस्न समेत सबैलाई अनुरोध गरेका छन् ।
निखिल विगत १० दिनदेखि घरमै रहेका छन् । नयाँ फिल्म ‘आयो भैरव’को काम गरिरहेका निखिलको कोरोना समस्या समाधान भएपछि यसको सुटिङमा गर्ने योजना पनि रहेको छ ।































प्रतिक्रिया