काठमाडौँ ।
अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका गर्न करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।
स्वास्थ्य मन्त्रालयको बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको अर्थ मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्ने गरी सो बजेट निकासा गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार सो रकम अस्पतालहरुको स्तरोन्नति तथा मेडिकल सामग्री खरिदका लागि खर्च गरिनेछ । अर्थले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।































प्रतिक्रिया