जेनेभा ।
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३ सय ४४ पुगेको छ । विश्व स्वास्थ्य संघठनले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १ सय ६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले ‘विश्वव्यापी महामारी’ को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । इटालीमा एकै दिन मंगलबार मात्र ८ सय ३७ नागरिकको ज्यान गएको छ ।
कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य निम्न रहेको छ।
इटालीमा १ लाख ५ हजार ७ सय ९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४ सय २८ को निधन भएको छ । यसैबीच १५ हजार ७ सय २९ निको भएर घर फर्किएका छन् । स्पेनमा ९५ हजार ९ सय २३ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ४ सय ६४ को निधन भएको छ । यसैबीच १९ हजार २ सिय ५९ निको भएर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा १ लाख ८८ हजार ५ सय ९२ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ५५ को निधन भएको छ । यसैबीच ७ हजार २ सय ५१ निको भएर फर्किएका छन् । फ्रान्समा ५२ हजार १ सय २८ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ५ सय २३ को निधन भएको छ । यसैबीच ९ हजार ४ सय ४४ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ५ सय ५४ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३ सय १२ को निधन भएको छ । यसैबीच ७६ हजार २ सय ३८ निको भएर फर्किएका छन् ।इरानमा ४४ हजार ६ सय ५ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ८ सय ९८ को निधन भएको छ । यसैबीच १४ हजार ६ सय ५६ निको भएर घर फर्किएका छन् ।
बेलायतमा २५ हजार १ सय ५० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ७ सय ८९ को निधन भएको छ । यसैबीच १ सय ३५ निको भएर घर फर्किएका छन् ।जर्मनीमा ७१ हजार ८ सय ८ कुल सङ्क्रमित भएका छन् भने, ७ सय ७५ को निधन भएको छ । यसैबीच १६ हजार १ सय निको भएर घर फर्किएका छन् ।
बेल्जियममा १२ हजार ७ सय ७५ कुल सङ्क्रमित भएका छन् भने, ७ सय ५ को निधन भएको छ । यसैबीच १ हजार ६ सय ९६ निको भएर घर फर्किएका छन् ।–रासस/एपी





























प्रतिक्रिया