कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रले २ करोड दिने

कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रले २ करोड दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न नेपाल सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार पनि व्यक्त गरेका छन्।

उनले आज कोषमा दाखिला हुनेगरी हिमानी कोषमार्फत् उक्त रकम दिने घोषणा गरेका हुन् ।

Skip This
Skip This
Logo