सरकारले अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने

सरकारले अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने भएको छ ।

कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागू गर्ने रणनीति लिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वारेन्टाइनको व्यवस्था कडाईका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताए ।

हाल देखिएका संक्रमितहरु सबै मुलुकभित्रका नभई बाहिरबाट आएका व्यक्ति भएको र उनीहरुबाट परिवार लगायत नजिकको सम्पर्कमा आएका अन्यमा सरेको नदेखिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । उनले विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न सकेमा संक्रमण फैलनबाट सजिलै रोक्न सकिने बताए । त्यसैगरी शंकास्पदहरुको नमुना परीक्षणको दायरा बढाउनुका साथै अस्पतालहरुको व्यवस्थापन तयारी, फिबर क्लिनिक, आवश्यक जनशक्ति र व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्ततालाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए ।

उनले संक्रमण रोक्नका लागि लकडाउन नै प्रभावकारी उपाय भएकाले लकडाउनलाई प्रभावकारी बनाउने तर्फ सरकार कडा रुपमा प्रस्तुत हुने बताए । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले गरेका आदेशको प्रभावकारी कार्यान्वयन गराउन गठन भएको कोभिड १९ क्राईसिम म्यानेजमेण्ट सेन्टर (निर्देशक समिति)ले विभिन्न ४ वटा समिति बनाएर काम सुरु गरिसकेको पनि उनले जानकारी दिए ।

पाटन र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीनै जना विरामीको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै उनले ज्वरोका विरामी देख्ने वित्तिकै नडराउन स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले ज्वरोका विरामीले आवश्यक उपचार नपाउँदा जटिल अवस्था श्रृजना हुने तर्फ सजग हुन सबैलाई आग्रह गरे ।

उनले हरेक प्रदेशमा १ हजार ३ सयदेखि २ हजार ५ सयसम्म पिपिई मौज्दात रहेको तथा स्वास्थ्य सेवा विभागमा पनि यथेष्ट मात्रामा पिपिइ मौज्दात रहेकाले उपचारमा कुनै कमि नहुने पनि स्पष्ट पारे । उनले कोरोना भाइरस संक्रमणका नयाँ आयाम तथा उपचार पद्धतिमा अपनाउनु पर्ने सर्तकता लगायत आवश्यक प्राविधिक परामर्श लिनका लागि पाटन अस्पतालबाट छिमेकी मुलुकमा रहेका प्राविधिकहरुसँग टेलिकन्फरेन्स गर्ने कामको पनि सुरुवात भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाले मंगलबार सम्म १ हजार ६० वटा नमुना परीक्षण गरिएको ,टेकु अस्पतालमा १० जनासहित सबै प्रदेशमा गरि ७७ जना आइसोलेसमा राखिएको र आइसोलेसनमा रहेका सबै विरामीको स्वाव परीक्षण गरिने जानकारी दिए । अहिलेसम्म कोरोना संक्रमण देखिएका मध्ये २ वटा पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ सकिएको र पछिल्लो २ वटाको पनि ८० प्रतिशत काम सकिएको जानकारी पनि उनले दिए ।

Skip This
Skip This
Logo