लकडाउन उल्लङ्घन गर्नेलाई फूल, टीका र आरती

लकडाउन उल्लङ्घन गर्नेलाई फूल, टीका र आरती

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको महामारीसँगै बिश्व  दर्जनौं देशहरूले लकडाउन घोषणा गरेका छन्। लकडाउन उल्लङ्घन गर्नेहरूविरूद्ध देश अनुसार विभिन्न किसिमका कारवाहीहरू गर्ने गरिएको छ।

छिमेकी मुलुक भारतमा पनि २१ दिनका लागि लकडाउन गरिएको छ। लकडाउन उल्लङ्घन गर्नेहरूलाई भारतीय प्रहरीले कुटेको भिडियो यस अघि नै भाइरल भइसकेको छ।  अहिले भने एउटा नयाँ भिडियो भाइरल भइरहेको छ ।

भारतको बिलासपुरका जहाँ लकडाउन तोड्नेलाई प्रहरीले आरती उतारिरहेका छन् । त्यहाँका प्रहरीले लकडाउनमा सडकमा बिना काम घुम्ने मानिसहरुलाई पाठ सिकाउँनको लागि यस्तो  अनौठो तरिका अपनाएका हुन् ।

प्रहरीले त्यहाँ डन्ठा हान्ने वा जरिवाना लगाउनुको सट्टामा त्यस्ता मानिसहरुलाई आरती उतार्नुका साथै टीका लगाएर उनीहरुको स्वागत गरेका छन् । साथै उनीहरुको शिरमा फुल चढाइरहेका छन् ।

प्रहरीले त्यस्ता मानिसहरुलाई हात जोडेर बिन्ती गर्दै भनेका छन् ‘प्रभु तपाई यस कठिन समयमा आफ्नो घरमा बस्नुहोस्’ । त्यहाँको प्रहरीले लकडाउन तोड्ने मानिसलाई उसको गल्ती महशुस गराउनका लागि कठोरताले नभई नम्र तरिकाले प्रस्तुत हुनुपर्ने बताएका छन् ।

यो भिडियो अहिले टिकटकमा समेत व्यापक प्रयोग भैरहेको छ।

Skip This
Skip This
Logo