ललितपुर महानगरद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

ललितपुर महानगरद्धारा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ललितपुर महानगरपालिकाले अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । महानगरले पाटन अस्पताललाई ती सामाग्री उपलब्ध गराएको हो ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट प्राप्त भएका सामानमध्ये केही पाटन अस्पताललाई प्रदान गरिएको महानगरले जनाएको छ । पाटन अस्पताललाई पर्सनल प्रोटेक्सन इक्वपमेन्ट (पीपीई) १० थान , फ्लायर १० हजार थान , मास्क १ हजार थान, पन्जा ५ सय थान तथा स्यानिटाईजर अस्पताल पुगेर उपलब्ध गराएको महानगरले उल्लेख गरेको छ ।

सामान हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विषम परिस्थितिमा नियमित सेवासँगै कोरोना संक्रमित बिरामीका लागि समेत जिम्मेवारीपूर्वक सेवा उपलब्ध गराएकोमा अस्पताल परिवारलाई धन्यवाद दिएका छन् । प्रमुख महर्जनले महानगरले स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन पाटन अस्पतालसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

पाटन स्वास्थ्य प्रतिष्ठानका उपकूलपति प्रा.डा. भरत यादवले बिरामीको उपचार गर्दा चिकित्सक लागि आवश्यक पर्ने सामान प्रदान गरेकोमा महानगरलाई धन्यवाद दिएका छन् । त्यस्तै उनले महानगरले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्साकर्मीको मनोबल उच्च भएको बताए । कार्यक्रममा पाटन अस्पतालका डा. पारसकुमार आचार्य समेत उपस्थित थिए ।

Skip This
Skip This
Logo