रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले सोमबार आपत्कालिन बैठक बसि कोरोना रोकथाम तथा नियन्त्रणको लागि १० लाख राहत कोष स्थापना गरेको छ।
पालिकाको बैठकले कोरोना भाइरस (कोभिड -१९) लाई नियन्त्रण गर्न विभिन्न निर्णय गरेको छ । पालिकामा नवनिर्मित अस्पताललाई आवश्यक औषधी उपकरण खरिद गरि आवश्यक सेवा दिने, छ वटै वडामा तीन–तीन वटा क्वारेन्टाईन तयार गर्ने, वडा स्वास्थ्यचौकिमा १–१ वटा क्वारेन्टाईन बेड तयार गर्ने , बैदेशिक रोजगार तथा भारतबाट आएकाहरूको दैनिक लगत तयार गर्ने भएको छ ।
साथै पालिकाभित्र लकडाउनको बेला आपतमा परेका ब्यक्ति, असाहय गरिबलाई खाद्यान्न उपलब्ध गर्ने, तत्काल आवश्यक औषधी तथा उपकरण खरिद गर्ने लगायतका निर्णय गरेको पालिकाका प्रमुख खड्गबहादुर सुनुवारले जानकारी दिए।





























प्रतिक्रिया