काठमाडौं ।
कोरोना भाइरसले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । यसबाट नेपाल पनि अछुतो छैन । विश्व स्वास्थ्य सङ्गठनले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्थामा यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्नेमा यतिबेला विश्वकै ध्यान खिचिएको छ ।
नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म पाँचजना व्यक्ति संक्रमित देखिएका छन् । गएको चैत ११ देखि नेपाल सरकारले ‘लकडाउन’ गरेको छ र यो चैत २५ सम्म निरन्तर रहने बताइएको छ ।
कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेका बेला स्रष्टाहरुले भने गीत सङ्गीतका माध्यमबाट कोरोना सम्बन्धि चेतनामूलक सन्देशहरु छर्ने प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले पनि यस्तै गीत सार्वजनिक गरेका छन् । ‘ओ कोरोना विन्ती छ, अब यो धर्तीबाट विदा लेउ‘’ बोलको गीतमा कोरोनाले ग्रस्त विश्वका बारेमा चर्चा गरिएको छ । र अब मानिसलाई नसताई कोरोनालाई विदा लिन पनि गीतमा आग्रह गरिएको छ ।
राज सागरको स्वर र सङ्गीत रहेको गीतको भिडियो पनि सार्वजनिक भएको छ । दीप घतानीको मिक्सिङ, माष्टरिङ रहेको गीत भ्वाइस अफ नेपालमा रेकर्डिङ गरिएको हो । यति बेला सबैले आआफ्नो ठाउँबाट सचेतना जगाउने र यसको संक्रमणबाट बच्नका लागि जनचेतना जगाउने उद्देश्यले गीत सार्वजनिक गरिएको कीर्तिमानी गीतकार डा. उपाध्यायले बताए । गीत यस्तो छ :





























प्रतिक्रिया