काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । आजका प्रमुख समाचार मध्ये नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै जोखिम पनि बढेको छ । यसको आवश्यक तयारीस्वरुप सरकारले आज चीनबाट औषधिजन्य सामाग्री ल्याएको छ ।
यस्तै लकडाउन लम्बिएसँगै सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको छ । यही कुरालाई मध्यनजर गर्दै नेपाल प्रहरीले विपन्न वर्गलाई खाद्यान्न सहयोग गर्ने भएको छ । त्यसका लागि प्रहरीले १०० मा फोन गर्न आग्रह गरेको छ ।
यता सर्वसाधारण ज्यान जोगाउन घरभित्र रहँदा स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारीहरु भने फिल्डमा छन् । उनीहरुलाई प्रोत्साहन गर्नका लागि ललितपुरको गोदावरी नगरपालिकाले विशेष योजना ल्याएको छ ।
सरकारले लकडाउन घोषणा गरेको आज छैठौं दिन । लकडाउन लम्बिएसँगै बजारमा महंगी र कालोबजारी बढ्दो छ ।
उता अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्रदरमा बढीरहेको छ । तर, राष्टपति डोनाल्ड ट्रम्पले भने त्यहाँ लकडाउन जरुरी नभएको बताइरहेका छन् । थप समाचार हेरौं यो भिडियोमा :































प्रतिक्रिया