विश्वभर कोरोनाको संक्रमण बढेसँगै यसको रोकथामका लागि सहयोगीदाताहरु पनि दिनप्रतिदिन बढिरहेका छन् ।
यसैबिच चर्चित अमेरिकन गायिका रिहानाद्वारा स्थापित एनजीओ क्लारा लियोनेल फाउन्डेशनले कोभिड १९ संक्रमितहरुलाई सहयोग स्वरुप ५ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

फाउन्डेशनले जारी गरेको विज्ञप्ति अनुसार यस रकम अमेरिका भरिका जोखिममा रहेका समुदायको खाद्य बैंकहरूलाई सहयोग पुर्याउने, हैटी र मलावी जस्ता साना देशहरूमा परीक्षण र हेरचाहको गति बढाउने, आदिवासी समुदायहरूलाई सहयोग गर्ने, स्वास्थ्यकर्मीहरूलाई तालिम दिने र कोरोना उपचारमा खटिएका स्वस्थ्यकर्मिहरुका लागि उपकरण उपलब्ध गराउनेतर्फ जानेछ ।





























प्रतिक्रिया