सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन–प्रवक्ता शर्मा

सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन–प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देश विषम परिस्थितिमा भएकाले सहमतिको सरकार बनाउने कांग्रेसको माग नभएको प्रष्ट पारेका छन् । आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले सहमतिको सरकार बनाउने बारे कुनै छलफल पनि नभएको भन्दै त्यसबारेमा प्रष्ट पारेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘ सहमतिको सरकार बन्नुपर्ने कांग्रेसको माग छैन र यसबारे कुनै छलफल समेत भएको छैन । संकटमा सरकारलाई सघाउनु,सुझाव र दबाब दिनु हाम्रो कर्तव्य हो ।’

उनले संकटको बेला सरकार बाहिर रहेर पनि सरकारलाई सहयोग गर्ने भन्दै यही नै पार्टीको आधिकारीक धारण रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘सरकारमा संगै नभएर पनि संगै लड्न सकिन्छ यही हो नेपाली कांग्रेसको आधिकारिक धारणा ।’

Logo