नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको छ ।

बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। २२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी क्‍यूआर ६५२ फ्लाइबाट आएकी थिइन् ।

सो विमानबाट आएकी अर्की एक युवतीलाई गत चैत १० गते नै कोरोना पुष्टि भएको थियो । सो विमानबाट १५८ यात्रु नेपाल आएका थिए । १० गते एक युवतीमा कोरोना संक्रमण भेटिएपछि खोजी गर्दै जाँदा धौलागिरी अस्पतालमा नमुना संकलन गरि टेकु पठाइएको थियो ।

संक्रमित ५ मध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।  एक जना भने निको भइसकेका छन्।

Skip This
Skip This
Logo