अब्देलहक २ वर्ष ८ महिनापछि कोमा बाहिर

अब्देलहक २ वर्ष ८ महिनापछि कोमा बाहिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हृदयघातका कारण अस्पताल भर्ना भएका डच क्लब आयाक्सका मिडफिल्डर अब्देलहक नौरी करिब ३२ महिनापछि घर फर्किएका छन् । सन् २०१७ मा हृदयघातका कारण मैदानमै लडेका मिडफिल्डर नौरी २ वर्ष ८ महिना १९ दिनपछि घर फर्किएका हुन् ।

मोरक्को मुलका डच फुटबलर नौरीलाई अष्ट्रियामा जुलाई ८ मा जर्मन क्लब वेडर बर्मेनसँगको मैत्रीपूर्ण खेलको दौरान हृदयघात भएको थियो । त्यस यता २२ वर्षे नौरी अस्पतालको कोमामा रहेका थिए । उपचारकै क्रममा नौरीले आँखीभौं चलाएपछि विस्तारै होसमा आएका थिए ।

नौरीका बुबा मोहम्मदले राम्रो हेरचारको लागि घरमा ल्याएको बताए । नौरी पूर्णरुपमा अरुमा निर्भर रहेको समेत उनले बताए । ‘उनी ठिक हुँदै छन् । सुत्ने, उठ्ने र खाने गर्छन् । तर पूर्ण रुपमा अरुमा निर्भर छन् ।’ मोहम्मदले भनेका छन् ।

Skip This
Skip This
Logo