वासिंगटन ।
अमेरिकाको विशाल कार निर्माण कम्पनी जनरल मोटर्सका प्रमुख कार्यकारिणी अधिकारीलाई लक्षित गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस पीडितहरुका लागि भेन्टिलेटर बनाउन आदेश दिएका छन् ।
ट्रम्पले शनिबार कोरियाली युद्धकालिन प्रतिरक्षा उत्पादन कानुनलाई सम्बोधन गर्दै यस्तो आदेश दिएका हुन् । ट्रम्पले जनरल मोटर्सले समय खेर फालिरहेको र त्यसले अमेरिकीहरुको ज्यान जोगाउने काम गर्नुपर्ने विचार व्यक्त गरेका हुन् ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकीमा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार ६८६ पुगेको छ । जुन संख्या विश्वमै सबैभन्दा बढि हो । यसैगरी मृतकको संख्या १ हजार ७ सय पुगेको छ । मृतकको संख्या भने चीन र इटालीको तुलनामा न्युन नै रहेको छ ।
यसअघि ट्रम्पले कोरोना भाइरससँग लड्नका लागि कम्पनीहरुले स्वतस्फुर्त रुपमा आफ्ना काम गरिरहेकाले प्रतिरक्षा आदेश जारी गरिरहनु नपर्ने बताएका थिए । एजेन्सी





























प्रतिक्रिया