खाद्य सामाग्री र न्यूनतम आवागमन खुल्ला गर्ने उच्चस्तरिय समितिको निर्णय

खाद्य सामाग्री र न्यूनतम आवागमन खुल्ला गर्ने उच्चस्तरिय समितिको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि खाद्यवस्तु तथा न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ। समितिले कोरोना संक्रमण फैलिन नदिन सम्पूर्ण यातयात तथा हवाइ आवागमन रोक लगाएको थियो । तर,यसको प्रभावले दैनिक जनजीवनमा असर पारेको भन्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।

भारतका विभिन्न ठाउँबाट नेपालको भन्सारसम्म आएर रोकिएका सामान तथा खाद्य सामाग्री ढुवानी रोकिएको भन्सारदेखि बजारसम्मको बाटोमा सवारी साधन सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय समेत समितिले गरेको छ ।

त्यस्तै, विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुलाई सडकमार्गबाट ल्याउँदा पूर्ण सुरक्षा अपनाउने, कारखाना बन्द भएपछि अप्ठ्यारोमा परेका श्रमिकलाई गन्तव्यसम्म सुरक्षित ढंगले पुर्याउने व्यवस्था मिलाउनका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय भएको छ ।

Skip This
Skip This
Logo