लण्डन ।
वेलायतका स्वास्थ्यमन्त्री ह्याट ह्यानकक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
यस अघि प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना भएको थियो । प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोना भाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका थिए ।
यता स्वास्थ्य मन्त्री ह्यानककलाई पनि सङ्क्रमण पुष्टि भएको बेलायती अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उनी पनि अब क्वारेन्टाइनमा बस्नेछन् ।
बेलायतमा शुक्रबारसम्म ११ हजार ६५८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ५७८ जनाको मृत्यु भएको छ ।































प्रतिक्रिया