नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएको र आज कोरोना भाइरस पुष्टि भएको बताए ।
हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । उनको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ । यो उपत्यका बाहिरको पहिलो केश हो ।
यस अघि संक्रमित २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ भने एक जना निको भइसकेका छन्।































प्रतिक्रिया