अमेरिकी अभिनेता मार्क ब्लमको कोरोनाबाट निधन

अमेरिकी अभिनेता मार्क ब्लमको कोरोनाबाट निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
विश्वभर टाउको दुखाईको विषय भएको कोरोना भाइरस (कोभिड १९) विश्वका राष्ट्रप्रमुखहरु पनि पीडित भएका छन् । के प्रधानमन्त्री, के राष्ट्रपति, के कलाकार वा डाक्टर कसैलाई पनि कोरोनाले छोडेको छैन ।

यस्तैमा कोरोनाकै संक्रमणबाट अमेरिकन अभिनेता मार्क ब्लुमको निधन भएको छ । ६९ उमेरमा उनको न्युयोर्क प्रेस्बिटेरियन अस्पतालमा निधन भएको हो ।

अमेरिका अहिले सबैभन्दा धेरै संक्रमित हुने देशमा पहिलो नम्बरमा छ । हालसम्म कोरोनाबाट यहाँ १ हजार३०१ जनाको मृत्यु भइसकेको छ । यहाँ ८५ हजार ९९६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण विश्वभर हालसम्म २४ हजार ८६३ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या ५ लाख ४९ हजार ६०४ रहेको छ भने १९९ देशका १ लाख २७ हजार ५३१ निको भएर घर फर्किएका छन् ।

Logo