‘हल अफ फेम’ फुटसल माघ ३० गते

‘हल अफ फेम’ फुटसल माघ ३० गते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भक्तपुरमा यस वर्ष ‘हल अफ फेम’ खुल्ला फुटसल प्रतियोगिता माघ ३० गते आयोजना हुने भएको छ । स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय स्तरको खेलकुदमा योगदान पुर्याएका स्थानीय खेलाडीलाई सम्मान गर्ने उद्देश्य अनुरुप चौथो संस्करणको हल अफ फेम फुटसल प्रतियोगिता माघ मसान्तमा आयोजना हुन लागेको हो ।

ख्वप फुटसलको आयोजनामा हुन लागेको कार्यक्रममा खुल्ला फुटसलसहित सामाजिक र खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न ५ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका संयोजक राम प्रजापतिले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्न र स्थानीय खेलाडीलाई सम्मान गर्ने उद्देश्यले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए ।

भक्तपुरको ख्वप फुटसल लिबालीमा हुने प्रतियोगितामा विभिन्न २४ टीमलाई सहभागी हुने बताईएको छ । माघ ३० गते उद्घाटन हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ । लिग कप नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेता टीमले ५० हजार र दोस्रो हुने टीमले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने ५ विधाका ब्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ । कोरोनाविरुद्धको लडाईंका नायकबाट एक जनालाई, वर्ष खेलाडीबाट एक पुरुष र एक महिला तथा एक लिजेण्ड खेलाडीलाई ‘हल अफ फेम प्लेयर अफ दी ईयर’बाट सम्मान गर्न लागिएको छ । कार्यक्रममा एक खेल पत्रकारलाई समेत सम्मान गरिने आयोजक ख्वप फुटसलले जनाएको छ ।

Skip This
Skip This
Logo