दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिका प्रकाशन बन्द

दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिका प्रकाशन बन्द

केन्द्रबिन्दु
0
Shares

दाङ ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण दाङका सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको हो ।

लकडाउनको समयमा ग्राहकसामु पत्रपत्रिका पु¥याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने भन्दै प्रकाशन बन्द गरिएको सबै पत्रिकाका प्रकाशकहरुले जनाएका छन् । त्यस्तै स्थानीय रेडियो एफएमहरुले भने धेरै कार्यक्रम कटौती गरी समाचारहरु प्रसारण गर्दै आएका छन् ।

दाङमा अहिले सात दैनिक र एक दर्जनको हाराहारीमा साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएका छन् । अहिले सबै पत्रिकाले अनलाइन संस्करणबाट सूचना तथा सन्देश प्रवाह गरिरहेका छन् ।–रासस

Skip This
Skip This
Logo