जेनेभा ।
विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संघठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि पाँच लाख ३२ हजार ६ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित व्यक्तिहरूमा एक लाख २४ हजार ३ सय ४९ जना उपचारपछि घर फर्किएका छन् ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले ‘विश्वव्यापी महामारी’ को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको संक्रमणका कारण आठ हजार २ सय १५ जनाको निधन भएको छ । हाल ८० हजार ५ सय ८९ जना संक्रमित रहेका छन् । दश हजार ६१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा ४ हजार ३ सय ६५ जनाको निधन भएको छ । हाल ५७ हजार ७ सय ८६ जना संक्रमित रहेका छन् । शुक्रबार प्राप्त समाचारकाअनुसार सात हजार १५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै चीनमा ३ हजार २ सय ९२ जनाको निधन भएको छ भने ८१ हजार ३ सय ४० जना संक्रमित रहेका छन् । यसैबीच ७४ हजार ५ सय ८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको संक्रमणका कारण २ हजार २ सय ३४ जनाको निधन भएको छ । हाल २९ हजार ४ सय ६ जना संक्रमित रहेका छन् । दश हजार ४ सय ५७ जना उपचारपछि घर फर्किएको बताइएको छ ।
जर्मनीमा भाइरसको संक्रमणको कारण २ सय ६७ व्यक्तिको निधन भएको छ । हाल ४३ हजार ९ सय ३८ जना संक्रमित रहेका छन् । यसैबीच पाँच हजार ६ सय ७३ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा संक्रमणका कारण १ हजार ३ सय जनाको निधन भएको छ । हाल ८५ हजार ५ सय ९४ जना संक्रमित छन् भने १ हजार ८ सय ६८ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण एक हजार ६ सय ९६ जनाको निधन भएको छ । शुक्रबार प्राप्त समाचारअनुसार २९ हजार १ सय ५५ संक्रमित रहेका छन् भने चार हजार ९ सय ४८ उपचारपछि घर फर्किएका छन् । जर्मनीमा कोरोना संक्रमणको कारण २ सय ६७ व्यक्तिको निधन भएको छ । हाल ३७ हजार ३ सय २३ जना संक्रमित रहेका छन् । यसैबीच तीन हजार ५ सय ४७ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा संक्रमणको कारण १ सय ३९ व्यक्तिको निधन भएको छ । नौ हजार ३ सय ३२ संक्रमित भएका छन् । चार हजार ५ सय ५८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १ सय ९२ व्यक्तिको निधन भएको छ । एघार हजार ८ सय ११ संक्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना संक्रमणको कारण ५ सय ७८ व्यक्तिको निधन भएको छ । एघार हजार ६ सय ५८ संक्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा संक्रमणको कारण ४ सय ३४ व्यक्तिको निधन भएको छ । सात हजार ४ सय ३१ संक्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण ४९ व्यक्तिको निधन भएको छ । ६ हजार ९ सय ९ संक्रमित भएका छन् । यसैबीच १ सय १२ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा भाइरस संक्रमणको कारण २ सय २० व्यक्तिको निधन भएको छ । ६ हजार ९ सय ३७ संक्रमित भएका छन् । यसैबीच ६ सय ७५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना संक्रमणको कारण १४ व्यक्तिको निधन भएको छ । तीन हजार ३ सय ७२ संक्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण अष्ट्रेलियामा १३, ब्राजिलमा ७७, स्वेडेनमा ७७, पोर्चुगलमा ६०, क्यानाडामा ३९ , डेनमार्कमा ४१, मलेसियामा २४, आयरल्याण्डमा १९, पोल्याण्डमा १६ , ग्रीसमा २७, इन्डोनेसियामा ७८, फिलिपिन्समा ४५, हङकङमा ४, इराकमा ३६, अल्जेरियामा २५ , भारतमा २०, पाकिस्तानमा ९, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा ३, पेरुमा ९, मेक्सिकोमा ८, इजिप्टमा २४, पानामामा ९, अर्जेन्टिनामा १२, लेबनानमा ६, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा १०, मोरक्कोमा ११, अफगानिस्तानमा ४ , नाइजेरियामा १, बंगलादेशमा ५, घानामा ४, सुडानमा १ व्यक्तिको निधन भएको प्राप्त समाचारमा जनाइएको छ ।
संक्रमित मात्र देशहरूमा नेपाल, म्यानमार माली, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यू गिनी, अङ्गोला, फिजी, हाइटी आदि रहेका छन् । –रासस/एपी/सिन्ह्वा/एएफपी































प्रतिक्रिया