नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व

नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विज्ञापन संघको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एभरेष्ट होटेल काठमाडौंमा अध्यक्ष रबिन्द्रकुमार रिजाल “शशि”को अध्यक्षता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिको रुपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरु महासंघका पूर्वअध्यक्षहरु तथा पदाधिकारीहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्था, सरकारी निकायको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष रबिन्द्रकुमार रिजाल “शशि” ले विज्ञापन क्षेत्रमा रहेका समस्याहरुका वारेमा सभालाई जानकारी गराउँदै मन्त्री गुरुङलाई समस्या समाधानमा विशेष पहल गरिदिन अनुरोध गरे ।

संघका पूर्व अध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन व्यवसाय सम्बन्धी समस्या, चुनौती र समाधानको विषयमा उजागर गरेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन निति आवश्यक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन वोर्डमा विज्ञापन संघको प्रतिनिधित्वि गराइने र यस क्षेत्रका समस्याहरु लिखितरुपमा जानकारी गराउन अनुरोध गरे ।

२१ औं बार्षिक साधारण सभाले संघको १० औं कार्यसमितिको चयन गरेको छ । साधारण सभाले आगामी ३ बर्षका लागि सोमप्रसाद धितालको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल “बिजय”, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिवसन्तोष खड्का, सह–कोषाध्यक्ष जीवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय हुनु भएको छ । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह-कोषाध्यक्ष निर्विरोध चयन भएको छ ।

Skip This
Skip This
Logo