वीरगञ्ज नाकाबाट निर्वाधरुपमा ग्यास र पेट्रोल भित्रिदै

वीरगञ्ज नाकाबाट निर्वाधरुपमा ग्यास र पेट्रोल भित्रिदै

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज।

कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएका छन् ।

भन्सार कार्यालयका अनुसार चैत ११ गतेदेखि लागु भएको लकडाउनको समयमा भारतको विभिन्न ठाउँबाट १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलो लिटर पेट्रोल र २७ लाख ५२ हजार किलो लिटर डिजेल नेपाल भित्रिएको छ ।

सोहि अवधिमा तरकारी खाद्यान्न लगायतका सामानहरु सहज रुपमा भित्रिएको छ भने विहिबार पनि त्यस्ता अत्यावश्यक सामग्री स्वदेश भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए । यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका अनुसार लकडाउनको समयमा सङ्घीय सरकारले छुट दिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधन चलेका छैनन् ।

लकडाउनको समयमा अति आवश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल, तरकारी बोकेको तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्वाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo