अमेरिका ,
चीनको वुहानबाट शुरु भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा संयुक्त राज्य अमेरिका पहिलो नम्बरमा देखिएको छ। बिहीबारसम्म संक्रमितको संख्याको आधारमा अमेरिका तेस्रो नम्बरमा थियो।
यो समाचार तयार पार्दासम्म अमेरिकामा संक्रमितहरुको संख्या ८३ हजार ८ सय नाधेको छ। बिहीबार मात्रै १४ हजार भन्दा बढी संक्रमित थपिएपछि, अमेरिका पहिलो नम्बरमा परेको हो।
चीनमा हालसम्म करिब ८१ हजार ७ संक्रमितहरु देखिएका छन्। अर्को प्रभावित राष्ट्र इटालीमा करिब ८० हजार ५ सय संक्रमित देखिएका छन्। अमेरिकामा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाधेको छ। भाइरस संक्रमण रोक्नका लागि सरकारले प्रयासहरु जारी राखेको भएपनि अमेरिकामा यो संख्या एक लाखभन्दा बढी पुग्ने अनुमान गर्न थालिएको छ। यहाँ कोरोनाको संक्रमणबाट उपचार गरी रिकभर हुनेहरुको संख्या एकदमै नगन्य छ ।
अमेरिकाका सबै राज्य यो महामारीका कारण प्रभावित छन्। जसमध्ये न्यूयोर्क राज्य सबै भन्दा बढ्ता प्रभावित देखिन्छ। यस राज्यमा बिहीबारसम्म ३७ हजार भन्दा बढी संक्रमित भइसकेका छन्। यसै राज्यका भने ३८५ जनाले ज्यान गुमाएका छन्।
न्यूयोर्क राज्यका पाँच बोरो अर्थात पाँच सहरमा मात्रै २१ हजार भन्दा बढी संक्रमित भेटिएका छन्,। यि पाँच सहरमा करिब १ करोड मानिस बसोबास गर्दछन् । यस्तै दोश्रो धेरै प्रभावित हुने राज्यमा न्यूयोर्कसँगै जोडिएको राज्य न्यूजर्सी हो। जहाँ ६ हजार ८ सयजना संक्रमित भएका छन्, भने ८१ जनाले ज्यान गुमाएका छन्।
अमेरिकाका प्रायः राज्यहरुमा त्यहाँका गर्भनरले अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्नु भन्ने आदेश दिएको भएपनि पछिल्लो तीनदिनको गतिविधि हेर्दा मानिसहरुको चहलपहल उस्तै देखिन्छ। बिहीबार धेरै मानिसहरु घर बाहिर निस्किएका देखिन्थे।
विश्वभरका देशहरुमा महामारीको फैल्याएको कोरोना भाइरसकासंक्रमितको संख्यामा अमेरिका पहिलो हुँदा समेत सरकारले पूरै देश लकडाउन गर्ने बारेमा कदम चाल्ने संकेत देखिएको छैन। यहाँका सरकार प्रमुखहरुले अबको दुई साताभित्र पूरै नियन्त्रणमा आउने भनेर दैनिक प्रेस ब्रिफिङ गरिरहेका छन्।
अमेरिका चीन, इटालीपछि क्रमश स्पेन, जर्मनी, इरान, फ्रान्स, स्विजरल्याण्ड, यूके, साउथ कोरिया लगायतका देशहरुमा धेरै प्रभाव देखिन्छ।अन्नपूर्णबाट































प्रतिक्रिया