फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या घट्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या पछिल्ला केही दिनयता घटेको पाइएको छ । अघिल्लो करिब दुई हप्ता अघिसम्म बढेको अवस्थामा रहेका संक्रमितहरुको संख्या पछिल्लो समयमा आएर भने घटेको पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो समयमा कोभिडका संक्रमितहरु घट्दै गएको देखिएको बताएका हुन् । आइतबार फ्रान्समा १५ हजार भन्दा केही बढी संक्रमित देखिएका बताइएको छ । आइतबार मात्र फ्रान्समा १५ हजार ९४४ जनामा कोभिडको संक्रमण पाइएको हो । तर त्यहाँका अधिकारीहरुले भने यही जनवरी ३ तारिखपछि यो संख्या सबैभन्दा कम भएको बताएका छन् ।

आइबार देखिएको यो संख्या पछिल्लो हप्तापछिकै सबैभन्दा कम भएको फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले आइतबार कोभिड संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १५१ मात्र रहेको पनि जानकारी दिएको समाचारमा जनाइएको छ ।

गत शनिबार मात्र २० हजारभन्दा बढी नागरिकमा नयाँ संक्रमण देखिएको जनाएको थियो भने आइतबार यस संख्यामा उल्लेख्य मात्रामा कमी आएको पाइएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

महामारी सुरु भए पछिको संख्या हेर्दा २७ लाख ८३ हजार भन्दा बढीमा संक्रमण देखिएको पाइएको छ । उक्त एजेन्सीले फ्रान्सको यो संख्या युरोपेली देशहरुकै दोस्रो ठूलो संख्या हो भनेको छ ।

युरोपेली देशहरुमध्ये सबैभन्दा धेरै कोभिडका संक्रमितहरुको संख्या बेलायतमा बढी देखिएको छ । पछिल्लो समयमा कोभिडको नयाँ जातको संक्रमणको पनि प्रकोप बढेको देखिएको अर्को एक समाचारमा जनाइएको छ ।

उक्त एजेन्सीले दिएको जानकारी अनुसार फ्रान्समा ५७ हजार ७५० जनाको कोभिडको संक्रमणबाट ज्यान गएको छ । अहिले पनि हरेक दिन त्यहाँका नागरिक यो संक्रमणका कारण ज्यान गुमाइरहेका बताइएको छ ।

शनिबारसम्मको तथ्यांक हेर्दा २४ हजार ५५९ जना विरामी अस्पतालमा उपचार गराइरहेका देखिएको छ ।

तीमध्ये २ हजार ६२९ जनालाई आइसियुमा राखेर उपचार गराइएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फ्रान्सका अधिकारीहरुले पछिल्ला केही हप्तायता बेलायतमा जस्तै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण शुरु भएको जनाएका थिए ।

त्यसका कारण धेरैजसो सेवा क्षेत्रहरुमा लकडाउन गरिएको छ । लकडाउनका कारण त्यहाँको जनजीवन पनि निकै नै प्रभावित भएको छ । रासस

Logo