हाम्रोपात्रोले ल्यायो घरमै बसेर डाक्टरसँग भिडियोकल सुविधा

हाम्रोपात्रोले ल्यायो घरमै बसेर डाक्टरसँग भिडियोकल सुविधा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हाम्रोपात्रोले नेपाल चिकित्सक संघ सँगको सहकार्यमा घरमैं बसी डाक्टरसँग भिडियोकल गर्ने सुविधा ल्याएको छ ।

अब नेपाल चिकित्सक संघ, हाम्रोपात्रो र देशकै सर्वाधिक लोकप्रिय मोबाईल नेटवर्क एनसेलको प्राविधिक सहयोगमा घरमैं बसी कोरोना भाइरसको लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि एनसेल कल टु डाक्टर सेवा प्रयोग गर्न सकिनेछ।

यो सेवा प्रयोग गर्नका लागि हाम्रोपात्रोमा गएर आफ्नो समय अनुसार अनलाइन बसेका नेपाल चिकित्सक संघका डाक्टरहरुसँग सजिलै भिडियोकल गर्न सकिनेछ । डाक्टर अनलाइन हुनुभएको खण्डमा, डाक्टरलाई कल गर्नुहोस् । बटन थिचेर केवल एक क्लिकमैं भिडियोकल मार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझैं राख्न सकिनेछ।

यो सेवा हाम्रोपात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, केवल कोरोनाको संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि एनसेलसँगको प्राविधिक सहकार्यमा तयार गरिएको हो।

यस विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरि अहिलेको यस स्वास्थ्य संकटका एक मात्र सहारा रहेका डाक्टरहरुको अमूल्य समय र सम्भावित संक्रमितहरुलाई उचित स्वास्थ्य परामर्शका लागि यस सेवाले महत्व राख्ने हाम्रोपात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले बताए ।

साथै अहिले सरकारले गरेको लकडाउनमा पनि नागरिकमा स्वास्थ्य समस्या नहोस भनेर यो सुविधा ल्याइएको देवकोटाले जानकारी दिए । साथै निम्न मेल आइडीहरुमा समस्या पठाएर पनि सेवाको उपयोग गर्न सकिने हाम्रोपात्रोले जनाएको छ । यसका  लागि  [email protected], [email protected],  [email protected]  मेल आइडीहरु  प्रयोग गर्न सकिने छ ।

Skip This
Skip This
Logo