इरानबाट २७७ जना भारतीयको उद्धार

इरानबाट २७७ जना भारतीयको उद्धार

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ।
कोरोना भाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २ सय ७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ । महान एयरको बिमानबाट उद्धार गरिएका उनीहरु बुधबार बिहान नयाँदिल्ली विमानस्थलमा उत्रिएका थिए । उद्धार गरिएका सबै यात्रुलाई लगत्तै एयर इन्डियाका दुई वटा विमानबाट क्वारेन्टाइनमा राख्न जयपुर पठाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । उद्धार गरिएकाहरुमा १ सय २८ जना पुरुष र १ सय ४९ जना महिला रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार खाडी राष्ट्र इरानमा २५ हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने एक हजार ९ सय ३४ जनाको निधन भइसकेको छ ।

महान एयरले इरानमा अलपत्र परेका भारतीय नागरिकलाई मानवीय दृष्टिकोणबाट निः शुल्क सुरक्षित रुपमा उद्धार गर्ने घोषणा गरेको थियो ।–रासस /एएनआई

Skip This
Skip This
Logo