हेटौंडा ।
वाग्मती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणको लागि आपत्कालीन उपचार कोषको स्थापना गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १० करोडको आपत्कालीन कोषको स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।
उक्त कोषमा मुख्यमन्त्री पौडेललगायत अन्य मन्त्रीहरु र राजनीतिक नियुक्ति भएका व्यक्तिले एक महिनाको तलब सहयोग गरेका समेत उनले जानकारी दिए। बैठकले खाद्यान्न तथा दूध आपूर्तिको सहज व्यवस्थापन मिलाउन उक्त सामग्री ढुवानी गर्ने सवारीको सञ्चालनमा छुट दिइनेसमेत निर्णय गरेको छ ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारद्वारा स्थापना भएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण उपचार कोषमा एक महिनाको तलब सहयोग गरेका छन् ।रासस































प्रतिक्रिया