आपतकालिन कोष सरकारले मात्रै संचालन गर्ने (अडियोसहित)

आपतकालिन कोष सरकारले मात्रै संचालन गर्ने (अडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कुनै संघसंस्था वा व्यक्तिले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न कुनै कोषमा रकम संकलन गरेको छ भने त्यस्तो रकम एक साताभित्र सरकारले गठन गरेको कोषमा जम्मा गर्नुपर्ने भएको छ ।

कोरोना न्युनिकरणका लागि सरकारले बनाएको आपतकालिन कोषमा बाहेक अन्य संस्था वा व्यक्तिले कोष बनाउन नपाउने निर्णय सरकारले गरेको छ । आज मंगलबार बसेकोको उच्चस्तरिय समितिको बैठकले सरकार बाहेक अन्य संस्थाले आर्थिक प्याकेजका लागि कोष संचालन गर्न नपाउने र कोष गठन गरेको भए अर्को सातासम्ममा सो रकम सरकारी कोषमा रकम जम्मा गर्नुपर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि ५० करोड रुपैँयाको कोष बनाएको छ । सो कोषमा हालसम्म ५ करोड ४१ लाख रुपैंयाँ संकलन भएको छ । अडियोमा :

 

Skip This
Skip This
Logo