काठमाडौं ।
अमेरिकाको न्युयोर्कमा बस्दै आएका एक नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु भएका नेपाली अनिल सुब्बा हुन् । उनको वास्तविक नाम रमेश सम्बाहाङ्फे (लिम्बु) हो । उनको आज मृत्यु भएको हो । नेपालमा उनको घर पाँचथरको रानीगाउँ भएको बताइएको छ ।

उनलाई काका भन्दै अम्रिता लिम्बुले आफ्नो फेसबुकमा उनको मृत्युले आफू स्तब्ध भएको उल्लेख गरेकी छिन् । गायिका समेत रहेकी उनले केन्द्रबिन्दुलाई टेलिफोनमा पनि सोही कुरा बताएकी छिन् । गएको मार्च १५ मा अनिलले आफूलाई कोरोना लागेको बताएका अम्रिताले लेखेकी छिन् ।
अमेरिकामा पछिल्ला दिनमा कोरोनाको संक्रमण व्यापक बन्दै गएको छ । अमेरिकामै रहेका पत्रकार किशोर सापकोटाले पनि त्यहाँको बारेमा उल्लेख गर्दै कोरोनाले व्यापक रुप लिएको बताएका छन् ।

































प्रतिक्रिया