कोरोनाबाट चितवनमा मृत्यु भएको आशंका गरिएका यादव मिर्गौला रोगी

कोरोनाबाट चितवनमा मृत्यु भएको आशंका गरिएका यादव मिर्गौला रोगी

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवनको भरतपूर अस्पतालमा कोरोनाको संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएका एक जना बिरामीको मृत्यु भएको छ।

यद्यपी उनी पहिले देखि नै मिर्गौलाका विरामी रहेका अस्पतालले जनाएको छ । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार भर्ना गरी आइसोलेसनमा राखिएका ३० वर्षीय सन्तोष यादवको आज बिहान मृत्यु भएको थियो ।

कोरोना अस्पतालका अनुसार उनको सोमबार बिहान चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट रिफर गरी उपचारका लागि भर्ना गरिएको थियो।

मृतक यादव वीरगञ्ज भएको र उनको शव अस्पतालमै राखिएको छ। स्वावको नमुना भने परिक्षणका लागि काठमाडौं ल्याइएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको छ ।

Skip This
Skip This
Logo