वेलायतमा ३ साताका लागि लकडाउन

वेलायतमा ३ साताका लागि लकडाउन

केन्द्रबिन्दु
0
Shares

लण्डन ।
वेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको प्रकोप नियन्त्रणका लागि ३ साता देशव्यापी लकडाउनको घोषणा गरेका छन्।

जोनसनले सोमबार साँझ एक टिभी सम्बोधन मार्फत लकडाउनको घोषणा गरेका हुन् । देशवासीका नाममा दिएको सन्देशमा उनले सरकारको पछिल्लो घोषणालाई उल्लंघन नगर्न चेतावानी समेत दिएका छन्। सरकारले सोमबार वेलायती संसदमा आपतकाल लगाउने सम्वन्धमा एक विधेयक पनि दर्ता गरेको थियो।

त्यहाँको सरकारले सर्वाजानिक जमघट हुने स्थल, अनावश्यक समान बेच्ने पसलहरू, पुस्तकालयहरू, खेल मैदानहरू र आउटडोर जिमहरू, र मन्दिर लगायतको क्षेत्रमा भेला हुन बन्देज लगाएको छ।

प्रधानमन्त्रीको घोषणा पछि वेलायतमा ३ साताका लागि लकडाउन हुनेछ । यहाँ खाद्यसामग्री या औषधी खरिद गर्नका लागि, अत्यावश्यक सेवाका काममा जान र मेडिकल प्रयोजन या जोखिममा रहेकाहरूलाई मद्दत गर्न भने रोक लगाइएको छैन ।

वेलायतमा कोरोना संक्रमणका कारण ३३५ जनाको ज्यान गइसकेको छ भने ७ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।

Skip This
Skip This
Logo