यूएईमा कोरोना संक्रमित दुई जना नेपाली निको भए

यूएईमा कोरोना संक्रमित दुई जना नेपाली निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यूएईमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बनेका दुई जना नेपालीलाई निको भएका छन् ।

यूएईस्थित नेपाली राजदूत कृष्ण प्रसाद ढकालका अनुसार हाल उनीहरु संक्रमण मुक्त भएका छन्। राजदूत ढकालले आफ्नो फेसवुकमा लेखेका छन्, ‘खुसीको खबर, युएइको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार कोभिड १९ बाट संक्रमित २ जना नेपालीलाई स्वास्थ्यलाभ भएको छ। चुस्त उपचारका लागि युएइ सरकारलाई धन्यवाद।’

उनीहरुलाई केहि दिन अघि कोरोना भएको पुष्टि भएको थियो ।

Logo