काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकास्थित नेपाली नियोग प्रमुखहरुसँग कोभिड–१९ सङ्क्रमणको स्थिति ती मुलुकहरुमा रहेका नेपालीको अवस्था, कोरोना सङ्क्रमणले अर्थ व्यवस्थामा पर्न सक्ने असर तथा त्यसबाट नेपालीको रोजगारीमा पर्ने सम्भावित प्रभावमा केन्द्रित रहेर भिडियो कन्फरेन्समार्फत छलफल गरेका छन् ।
उनले सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले चालेका कदमबारे जानकारी दिँदै नियोग प्रमुखलाई आफू प्रमाणीकृत मुलुकहरुमा भएका सङ्क्रमण सम्बन्धी नियमितरुपमा प्रतिवेदन गर्ने, नेपालीको स्वास्थ्य, सुरक्षा तथा रोजगारी सम्बन्धमा रोजगारदाता कम्पनी र सरकारसँग निकट सम्पर्कमा रही आवश्यक काम गर्न निर्देशन दिए ।
साथै, उनले नेपालीलाई स्थानीय सरकारले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न सुसूचित गराउन तथा नेपाली समुदाय र दूतावास परिवारसमेत सङ्क्रमणका बारेमा जागरुक रही सुरक्षाका आवश्यक उपाय अवलम्बन गर्न पनि निर्देशन दिए ।
नियोग प्रमुखहरुले दूतावास रहेको तथा सहप्रमाणीकृत मुलुकहरुमा भएको सङ्क्रमणको अवस्था, त्यहाँको सरकारले सङ्क्रमण नियन्त्रणका लागि चालेका कदम, नेपाली नागरिकको अवस्था, दूतावासले नेपाली नागरिकलाई पु¥याइरहेका नियमित र आकस्मिक सेवाबारे जानकारी गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव क्रमशः शङ्करदास वैरागी र विनोद केसीको उपस्थिति थियो ।रासस































प्रतिक्रिया