काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व नै आतंकित बनिरहेको बेलामा नेपालमा पनि यसको प्रभाव पर्न सुरु भइसकेको छ । संकटपूर्ण अहिलेको अवस्थामा नेपालमा केही मानिसहरुले सहयोग गर्दै मानवता देखाइरहेका छन् ।
यसै शिलशिलामा समाजसेवी एवं युवा ब्यवसायी तुलसा कटुवाल र उनका छोराहरु निल डेबिड र राजन कटुवालले पनि आफ्नो मार्केटमा सटरभाडामा लिइ व्यापार गर्ने ब्यापारीलाई एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।

झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुरका उनीहरुले २ वटा भवनमा रहेको २० वटा सटरको भाडा नलिने घोषणा गरेका हुन् ।
निल डेबिड चर्चित हेयर स्टाइलिस्ट हुन् । निल डेबिडको देश तथा विदेशमा निल डेविड इन्टरनेसनल हेयर एन्ड ब्युटी सैलुनको रुपमा संचालन छन् । उनले दर्जनभन्दा बढी नीलडेविड्स सलूनहरु आइतबारदेखि बन्द गरिसकेका छन् ।































प्रतिक्रिया