सुनचाँदी व्यवसायी महासङ्घमा शाक्य निर्वाचित

सुनचाँदी व्यवसायी महासङ्घमा शाक्य निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासङ्घको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भए । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन् । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् ।

साधारणसभाको गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ २०६९ साल फागुन २० गते विधिवतरुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो । मुलुकको सङ्घीय संरचना अनुरुप सातैवटा प्रदेशमा प्रदेश महासङ्घका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला÷नगर सङ्घको अलावा एसोसिएट सदस्य तथा वस्तुगत सङ्घहरु यस महासङ्घमा आबद्ध छन् ।

 

 

Skip This
Skip This
Logo