सोमबारदेखि भारत र चीनसँग जोडिएका सबै नाका एक साताका लागि बन्द हुने

सोमबारदेखि भारत र चीनसँग जोडिएका सबै नाका एक साताका लागि बन्द हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले भोलिदेखि भारत र चीनसँग जोडिएका नेपालका सबै नाका पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो ।

पछिल्ला दिनमा भारतबाट अनियन्त्रित रुपमा नेपालीहरु घर फर्कन थालेपछि जोखिम बढेको भन्दै सरकारले एक साताका लागि नाका बन्द गर्ने बताएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एक साताका लागि भारत र चीनसँगका सम्पूर्ण नाकाहरु बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

सरकारले अन्तर्राष्ट्रिय हवाई सेवामा पनि रोक लगाउने निर्णय गरेको छ। कोरोना संक्रमित मुलुकमा हवाई सेवा बन्द गर्ने निर्णय यस अघि नै गरिएको थियो।

Skip This
Skip This
Logo