राष्ट्रपति भण्डारी र प्रम ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रम ओलीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रम ओलीबीच नियमित भेटघाट भएको हो ।

भेटघाटमा मुलुकको समसामयिक र विश्वभर फैलिरहेको कोभिड– १९ को जोखिम नियन्त्रण रोकथाम विषयमा भइरहेको कामकारवाही र प्रगति विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथामका लागि सरकारले चालेका कदम र भइरहेका प्रगतिका सम्बन्धमा राष्ट्रपतिलाई जानकारी दिएका थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ जोखिम नियन्त्रण र रोकथामका लागि जनताको हितमा प्रभावकारी कदम चालेकामा सरकारलाई शुभकामना व्यक्त गर्दै सवै एकजुट भएर एकार्कालाई सहयोग गरी अघि बढ्न आवश्यक रहेको बताएको राष्ट्रपतिका स्वकीय सचिव डा‌ . भेषराज अधिकारीले जानकारी दिए ।—रासस

Skip This
Skip This
Logo