काठमाडौं ।
सुनिल सिंह ठकुरीको स्वरमा रहेको गीत ‘म मान्छे विन्दास‘’ सार्वजनिक भएको छ । गीतमा मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र र्याप तथा श्याम स्वेत रसाइलीको एरेञ्ज रहेको छ ।
केशवराज भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटाको अभिनय छ ।
गीत अनुसारको म्युजिक भिडियो पनि त्यतिकै राम्रो बनेको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । हेरौं यो भिडियोमा:





























प्रतिक्रिया