अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ३ जनाले ज्यान गुमाए

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ३ जनाले ज्यान गुमाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली चल्दा ३ जनाले ज्यान गुमाएका छन् भने ४ जना घाइते भएका छन् ।

शिकागो विश्वविद्यालयमा प्रवेश गरेका ती बन्दुकधारीले ३० वर्षिय एक छात्रको टाउकोमा गोली हानेपछि एक अपार्टमेन्टमा प्रवेश गरी सुरक्षागार्डमाथि गोली प्रहार गरेका हुन् ।

सोही अपार्टमेन्टमा रहेकी एक २० वर्षीया महिला र १५ वर्षकी किशोरीमाथि गोली प्रहार गरेको समाचारमा जनाइएको छ ।

अन्तिम पटक एक रेष्टुराँमा प्रवेश गरी एक महिलाको गोली हानी हत्या गरेको ती ब्यक्तिको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको छ ।

Logo