महानगरद्वारा मास्क र स्यानिटाइजर निशुल्क वितरण

महानगरद्वारा मास्क र स्यानिटाइजर निशुल्क वितरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सबै वडामा १ हजार थानका दरले मास्क र १ लिटर स्यानिटाईजर निशुल्क वितरण गरेको छ । नोवेल कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै उच्च सर्तकता अपनाउन महानगरले ती सामाग्री वितरण गरेका हो ।

महानगरले उपलब्ध गराएका मास्क र स्यानिटाईजरको वितरण वडा समितिको निर्णयबमोजिम हुने, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । महानगरका सबै वडामा विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरिसकिएको छ । वडाले समितिसँगको समन्वयमा मास्क वितरण गर्ने ज्ञवालीको भनाइ छ ।

Skip This
Skip This
Logo