भारतीय गायिका कनिका कपूर कोरोना भाईरसको शिकार बनेपछि उनलाई लखनऊ अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ । केहि समय अघिमात्र लन्डनबाट फर्किएकी उनले गत शुक्रबार आफैँले कोरोना संक्रमित भएको सार्वजनिक गरेकी थिईन् ।

तर लन्डनबाट फर्किदा कनिकाले विमानस्थलका कर्मचारीसँग आफ्नो ‘ट्राभल हिस्ट्री’ लुकाउनेदेखि सयौँ मानिस भेला भएको पार्टीमा समेत सहभागी भएकी थिईन् । जसकारण यतिबेला भारतीय मिडियामा उनको चर्को आलोचना भईरहेको छ ।
यसैबीच भारतीय फिल्म तथा टेलिभिजन निर्देशक तथा चर्चित निर्माता अशोक पण्डितले गायिका कपूरमाथि आक्रोश पोखेका छन् । कनिका गैरजिम्मेवार हुँदा धेरै मानिस कोरोनाको खतरामा रहेको भन्दै उनले ट्वीट मार्फत आक्रोश पोखेका हुन् । उनले ट्वीटमा लेखेका छन्।
‘अधिकारीहरुसँग जानकारी लुकाएर गैर जिम्मेदार हुन तिमीलाई लाज लाग्नुपर्ने हो कनिका कपूर । तिमी लण्डनबाट फर्कियौ र यस क्रममा तिमीले पाँचतारे होटलमा पार्टी गर्यौ । यसक्रममा झन्डै १ सय मानिससँग सम्पर्कमा आयौ । तर जब तिमीले टेस्ट गर्यौ तिमीमा कोरोना भाइरस पोजेटिभ देखियो । तिमीले अरुको जीवन पनि खतरामा पारिदिएकी छौ ।’

यस अघि नै कपूरको लापरवाहीविरुद्ध लखनऊ प्रहरी कार्यालयमा एफआईआर दर्ता भईसकेको छ । जसको जानकारी प्रेस ट्रस्ट अफ इन्डियाले ट्वीट मार्फत दिएको थियो । ट्वीटको अनुसार लखनऊ पुलिस चीफले भनेका छन् , ‘बलिवुड गायिका कनिका कपूर जसको कोरोना भाईरसको टेस्ट पोजिटिभ आएको थियो, उनको लापरवाहीविरुद्ध एफआईआर दर्ता भएको छ’ ।






























प्रतिक्रिया