साथीलाई कोरोना लागेको भन्दै फेसबुकमा लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

साथीलाई कोरोना लागेको भन्दै फेसबुकमा लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

फेसबुकमा साथीलाई कोरोना लागेको भन्दै स्टाटस लेख्ने एक छात्रालाई कलेजले ६ महिनाका लागि निलम्बन गरेको छ।वीरगन्जको नेशनल मेडिकल कलेज एवं शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको भन्दै उनकै साथीले फेसबुकमा स्टाटस लेखेपछि कलेजले निलम्बन गरेको हो।

छात्रालाई सामान्य ज्वरो र रुघाखोकी लागेको हो, अरु केही होइन । तर उनकै सहपाठी एक छात्राले व्यक्तिगत रिसबी साँध्न कोरोना लाग्यो भनेर फेसबुकमा पोष्ट गरेकी रहिछन्, मेडिकल डाइरेक्टर मोद सर्राफले भने, गलत पोष्ट गर्ने छात्रालाई कलेजले ६ महिनाका लागि सस्पेण्ड गरिसकेको छ।

मेडिकल कलेज परिसरमै रहेको छात्रावासमा बस्दै आएकी ती छात्रा महाराष्ट्रस्थित घरबाट फर्किएपछि उनमा यस्तो स्वास्थ्य समस्या देखिएको थियो । महाराष्ट्रबाट कलेज फर्किएकै बेलादेखि ज्वरो र रुघाखोकीबाट प्रभावित भएपछि ती छात्राको बिहीबार साँझ मेडिकल कलेजकै अस्पतालमा स्वास्थ्य चेकजाँच गरिएको थियो ।

कलेजमा अध्ययनरत महाराष्ट्रकी एक छात्रालाई कोरोनाको संक्रमण भएको भनेर फेसबुकमा गलत सूचना पोष्ट गर्ने कलेजकै अर्की एक छात्रालाई ६ महिनाका लागि कलेजबाट निलम्बित गरेको छ। वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा थप परीक्षण र उपचारका लागि काठमाडौं पठाइएको छ।अन्नपूर्णबाट

Logo