सुनको मूल्यमा सामान्य बृद्धि

सुनको मूल्यमा सामान्य बृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ७५ हजार ५ सयमा सुनको कारोबार भइरहेको छ ।

आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । बुधबार सुन एक हजारले बढ्दै ७६ हजार ५ सयमा कारोबार भइरहेको मा विहिबार भने १५ सयले घट्दै ७५ हजारमा कारोबार भएको थियो । यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ ।

चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढ्दै प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo