नेपाल वायुसेवा निगमका जापान र यूएईका उडान स्थगित

नेपाल वायुसेवा निगमका जापान र यूएईका उडान स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान चैत्र ७ गते (आज) मध्यरातदेखि लागु हुने गरी स्थगित गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान चैत्र ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।

चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ । यसका अतिरिक्त नियमित उडान चालुरहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने छ । यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत निगमले जनाएको छ ।

Skip This
Skip This
Logo