काठमाडौं ।
नेपाल स्काउटले काठमाडौं उपत्यकाका ५० स्थानमा सेनिटाइजर केन्द्र स्थापना गर्ने भएको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले सो कुराको जानकारी दिएका हुन् ।
भण्डारीका अनुसार स्काउटले उपत्यकामा सबैभन्दा वढी भिड हुने ५० स्थान छनौट गरी संक्रमणबाट बच्न सुरक्षित हात धुने तरिका सिकाउनुका साथै स्यानिटाइजरको प्रयोग सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिनेछ ।
यस्तै ३ देखि ५ जनाको स्वयंसेवक टोलीले जानकारीमूलक पर्चा वितरण गरि नागरिकलाई कोरोनाबारे सचेत गराउने लक्ष्य लिएको पनि भण्डारीले बताए । स्काउटको यो अभियान एक साता चल्ने बताइएको छ ।































प्रतिक्रिया